
कैलाली, असोज २१ । चाडपर्व नजिकीदै गर्दा कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ ।
सीमा नाकाबाट हातहतियार र लागुऔषधुको ओसारपसार हुन सक्ने भन्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको कैलाली प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक विश्व अधिकारीले गौरीफन्टा नाका, धनगढी बसपार्क र अत्तरिया बसपार्कमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच गर्न थालिएको जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधीलाई मध्यनजर गर्दै चेकजाँचमा थप कडाइ गरिएको हो । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर बनाइएको सुरक्षा योजना जिल्लाभर लागु गरीने एसपी अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्