१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक


0
Shares

काठमाडौं, असोज २१ । बालुवाटारमा सत्तारढ गठबन्धन दलहरुको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको छ । मन्त्रालय भागबन्डा मिले पनि दलहरूले मन्त्री हुनेको नाम दिइसकेका छैनन् ।

त्यसैले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइरहेको छ । गठबन्धनबाट देउवा गत असार २९ मा प्रधानमन्त्री चयन हुने भएको थियो ।

कांग्रेसबाट तीन मन्त्री र १ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै अहिले मन्त्रिपरिषदमा छन् । अरू मन्त्रालय देउवा आफैंले राख्नुभएको छ ।