
अर्घाखाँची, असोज २१ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ शैंयाको अस्पतालको सिलन्यास गरिएको छ ।
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले अस्पताल भवनको सिलन्यास गर्नुभएको हो ।
कुल १९ करोड ९२ लाखमा बजेटमा निर्माण हुन लागेको अस्पताल डाँफे अम्मर जेवि प्रा.लि.ले निर्माणको जिम्मा लिएको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
गाउँमै अस्पताल बन्ने भएपछी पालिकावासी खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्