
काठमाडौं, असोज २१ । नेकपा एमालेका नेता विष्णु रिमालले नयाँ पुस्ता श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।
बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले श्रमजीवीको हक, अधिकार र मर्यादामाथि राज्यले तलमाथि गर्न खोजे त्यसका विरुद्ध एक भएर उठ्नुपर्ने बताउनुभयो ।
विगतमा एमाले सरकारले श्रमिकको तलव वृद्धि गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी सिर्जना गर्ने, स्वास्थ्य बिमा गर्ने लगायतका महत्वपूर्ण काम गरेको दाबी उहाँले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्