१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२० प्रतिशतले महंगियो लत्ताकपडा


13
Shares

काठमाडौं, असोज २१ । दशैंको मुखमा समेत यस पटक अघिल्ला वर्षहरुमा जस्तो बजारमा किनमेल गर्नेको संख्या त्यति देखिदैन ।

दशैंमा समेत व्यापार व्यवसायमा कमी आएको गुनासो व्यापारीको छ । यो वर्ष लत्ताकपडाको मूल्यमा पनि गत वर्षको भन्दा २० प्रतिशतले बृद्धि भएको व्यापारीहरु बताउँछन् । खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको मूल्य निकै महङ्गो रहेको बताएका छन् ।

यता, व्यापाीहरुले पनि यस बर्षको दशैंमा लत्ताकपडा लगायतका सामानहरुको मूल्य वृद्धि भएको स्वीकार गरेका छन् । उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङकन बढेका कारण महँगी बढेको बताएका छन् ।

व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने बढिरहेको छ ।