१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले उल्टो काम गर्‍यो : नेम्वाङ


0
Shares

काठमाडौं, असोज २२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ ।

एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिनुभएको हो । उहाँले विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिनुभयो ।

उपनेता नेम्वाङले सरकारले आफूहरुको कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराउनु भयो । तर सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उहाँको तर्क छ ।