
काठमाडौं, असोज २२ । कोरोना भाइरसका ७ सय ६४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १० हजार ६ सय ८८ जनाको परीक्षणबाट ७ दशमलव १५ प्रतिशत संक्रमित थपिएका हुन् ।
त्यस्तै एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् ।
१० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ । हाल १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय ४३ हजार ९ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्