
काठमाडौं, असोज २२ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता हुने भएको छ ।
शुक्रबार नेपाल र राईबीच पार्टी एकता गर्ने सहमति भएको हो ।
पार्टी एकताका लागि आठ बुँदे सहमति भएको छ । पार्टी एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने बताइएको छ ।
यस्तै, पार्टीको चुनाव चिन्ह कमल राख्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्