
एजेन्सी । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती बम बिस्फोटमा ५० जनाको मृत्यु भएको छ ।
घटनामा दर्जनौ घाइते भएका छन् । कुन्दुज शहरस्थित मस्दिजमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराएको बताइएको छ ।
मारिेनेमा सुन्नी मुश्लिम समुदायका ब्यक्तिहरु रहेका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
स्थानीय इस्लामिक स्टेट (आईएस) समूहसहित सुन्नी मुस्लिम चरमपन्थीहरूले शिया समुदायलाई निशाना बनाएका छन् ।
सुन्नी चरमपन्थीहरुले उनीहरुलाई पाखण्डी भन्ने गर्दछन् । तालिबानसँग हिंसात्मक प्रतिरोधमा उत्रिएको आईएसको अफगानिस्तान क्षेत्रीय सहयोगी संगठन आईएस–केले हालै देशको पूर्वी भागका धेरै ठाउँमा बम विष्फोट गराएको छ ।
प्रतिक्रिया दिनुहोस्