
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने चेतावनी दिनुभएको छ ।
काठमाडौंमा आइतबार गरिएको एक कार्यक्रममा नेता थापाले कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताउनुभयो ।
कसैको नाम नलिई इतिहासको कमजोरीबाट नसिक्ने हो भने उसलाई अफ्ठ्यारो हुने बताउनुभएका थापाको इशारा पार्टी सभापति एवं प्रधानमन्त्री देउवातर्फ लक्षित थियो ।
गजेन्द्र हमाललाई मन्त्री बनाइएपछि भएको आलोचनातर्फ संकेत गर्दै थापाले भन्नुभयो, ‘गजेन्द्र हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो । उहाँको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै मिल्दैन ।’
ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाएको भन्दै नेता थापाले थप्नुभयो, ‘हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि । ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ ।’
यसअघि सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले इतिहासबाट शिक्षा लिन अभिशप्त नै हौ ? भन्दै प्रश्न गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्