२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महासचिवमा दोहोरिन्न, केपी ओलीलाई कमजोर पार्ने गरी पदमा दाबी गर्दिनँ–ईश्वर पोखरेल


0
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा आफू महासचिव पदमा नदोहोरिने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरेलले विधानले पनि नमिल्ने र तेस्रोपटक महासचिव पदमा उम्मेदवार पनि नबन्ने प्रष्ट गर्नुभयो ।

यसैगरी उहाँले अध्यक्ष केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी पनि नगर्ने पनि बताउनुभयो । मुलुकको राजनीति अहिले केपी ओली र ओलीविरोधी धारमा बाँडिएको पनि उहाँले सुनाउनुभयो ।

गठबन्धन एकातिर र अध्यक्ष ओली एकातिर रहेको भन्दै उहाँले भन्नुभयो, ‘ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौं ।’

मन्त्रिपरिषद्मा अदालतको समेत भागबण्डा रहेको विषयले परमादेशबाट बनेको सरकारको नियत प्रष्ट भएको उहाँको भनाइ थियो ।