
काठमाडौं, असोज २४ । असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नारा सहित नेपालमा पनि आइतबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ ।
सामाजिक असमानताले व्यक्तिको स्वास्थ्य र विषेशतः मानसिक स्वास्थ्यमा पर्ने प्रभावका विषय उठान गर्न हरेक वर्ष १० अक्टोवरमा यो दिवसमा मनाउने गरिएको छ ।
नेपालमा हाल कुल जनसंख्याको ४ प्रतिशत अर्थात ११ लाख व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक रोग रहेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले २०७७ देखाएको छ ।
जसमा १३ देखि १७ बर्षका ५ दशमलव २ प्रतिशत किशोर किशोरीहरु रहेका छन् । ६ दशमलव ५ प्रतिशत वयस्कहरुले तत्कालिन अवस्थामा आत्महत्याको सोच बनाउने गरेको तथ्याक रहेको छ । आत्महत्या गर्नेहरुको संख्या यस बर्ष १३ दशमलव ७ प्रतिशतले बृद्धि भएको नेपाल प्रहरीको तथ्याक छ ।
प्रतिक्रिया दिनुहोस्