१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते


0
Shares

काठमाडौं, असोज २४ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा गोली चलेको छ ।

प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन् । केही समयदेखि मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन् ।

आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झडप भएको हो । औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनभयो ।

औद्योगिक क्षेत्रमा रहेकाहरूले भने प्रहरीले बल प्रयोग गर्दा झडपको स्थिति आएको र प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।