२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आफ्नो पार्टीबाट मन्त्री बनेकालाई स्वार्थ र भ्रष्टाचारमा नडुब्न माधव नेपालको सुझाव


0
Shares

काठमाडौं, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारमा नडुब्न सम्झाउनु भएको छ ।

पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर उहाँले यसरी सम्झाउनु भएको हो ।

गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग समन्वयमा काम गर्न पनि नेपालले निर्देशन दिनुभयो । सल्लाहकार, निजी सचिवलगायतका राजनीतिक नियुक्ती गर्दा पार्टीसँग सल्लाह गरेरमात्र गर्न उहाँले निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामुहिक छलफल गर्न सुझाव पनि दिनुभयो ।