२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


रुपन्देहीको मोतीपुरमा कर्फ्यु


0
Shares

काठमाडौं, असोज २४ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर औद्योगिक क्षेत्र आसपासमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै अपरान्ह चार बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म चार किल्ला तोकी कर्फ्यु लगाइएको हो ।