१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


थपिए ५९६ संक्रमित, १० जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २४ । कोरोना भाइरसका ५ सय ९६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४ जनाको परीक्षणबाट ५ सय ९६ संक्रमित थपिएका हुन् ।

त्यसैगरी ८ सय ७१ जनालाई निको भएको छ । १० जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ३१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ ।