
काठमाडौं, असोज २४ । पासो लागेर मान्छे मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा निर्दोष महिलाको हत्या गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा २० वर्षिय सुमन मगर ,२३ वर्षिय सबिन प्रजा र उनका १८ वर्षीया पत्नी सबिना प्रजा रहेका छन् ।
हत्यामा संलग्न सुमन मगर ललितपुर हरिसिद्धी, सबिन प्रजा र उनकी पत्नी सबिना प्रजालाई मकवानपुरको मनहरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
तीनजना मिलेर ४५ वर्षीया कमला तामाङलाई घाँटीमा डोरीले कसेर हत्या गरेका थिए ।
घटनामा संलग्न सविन र सुमनले पासो लागेर मरेको डोरी राम, लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगालगायत वस्तुजस्तै महत्वपूर्ण र करोडौँमा बिक्री हुने भन्ने अन्धविश्वासको आधारमा हत्या गरेको दाबी महानगरिय अपरध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पगेनिको छ ।
लितपुर महानगरपालिका सुनाकोठी बस्ने नुवाकोट बेलकोटगढीकी कमलाको गत भदौ २४ गते हात बाँधेर घाँटीमा डोरी कसी हत्या गरिएको अवस्थामा शब बरामद गरिएको थियो । आजै महानगरिय प्रहरी परिसर ललितपुरले बागमती गाउपालिका ४ प्युटार घर भएका बर्ष२९ का राजकुमार भुलन हत्यामा संलग्न ४ जनालाई पनि सार्वजनिक गरेको छ ।
हत्या आरोपमा मृतक भुलनकी २८ बर्षीया रजिना भुलन , ३० बर्षीय साढु भाइ ज्ञानकुमार सितान , २५ बर्षिय सालि सुनिता सितान,र ३० बर्षिय साथी लक्ष्मी ब्लोन रहेका छ्न ।
हत्या आरोपी मध्येका एकको भने भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्