१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धोबी र कुर्मीका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा मृतकका आफन्तको धर्ना


0
Shares

काठमाडौं, असोज २४ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आइतबार पनि मृतकका आफन्तले धर्ना दिएका छन् ।

नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर पाँच दिनअघि काठमाडौं आइपुगेका पीडित परिवारका १५ जनाले माइतीघरमा धर्ना दिएका हुन् । स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न समेत नमानेकाले पीडित परिवार राजधानी आएको हो ।

उनीहरुले दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने बाँके जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग समेत माग गरेका छन् । माग पुरा नभएसम्म धर्ना जारी रहने धर्नामा संलग्न आप्दा धोबीले बताउनुभयो ।

बाँके प्रहरीले हत्यालाई आत्महत्या भनेर झुटो रिपोर्ट बनाएको पिडीत पक्षको आरोप छ ।