२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुपन्देहीको मोतीपुरमा गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो


0
Shares

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुई पक्षबीच झडप हुँदा तीस जना भन्दा धेरै घाइते भएका छन् ।

मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले ढुंगा–मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर भएको प्रहरीले जनाएको छ ।