
दीपक घिमिरे
भैरहवा, असोज २४ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको छ ।
औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपले उग्र रुप लिएपछि गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर घाइते भएर अस्पताल पुगेका १३ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको र तीन जनाको अस्पताल पुग्नु पूर्व नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
प्रहरीको गोली लागेर गंभिर घाइते भएका १३ जना उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पुगेका थिए । १३ जनामध्ये ५ जना प्रहरी र ८ जना सर्वसाधरण हुन् ।
बाटोमै मृत्यु भएका तीन जनाको सनाखत हुन सकेको छैन । उपचारका क्रममा मृत्यु हुनेमा कपिलवस्तुको बाडगंगा नगरपालिकाका ४८ का रमेश परियार रहेको अस्पतालका जनसम्पर्क अधिकारी शुशिल गुरुङले जानकारी दिनुभयो ।
औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा ५० जना भन्दा बढी घाइते भएका थिए । झडपका क्रममा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्