१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मनोज गजुरेलले गाँसे लगनगाँठो, चार वर्षपछि मञ्जुले थामिन् हात


0
Shares

काठमाडौं, असोज २५ । हाँस्य कलाकार मनोज गजुरेल फेरि विवाह बन्धनमा बाँधिनु भएको छ । पहिलो विवाह सम्बन्ध टुटेको चार वर्षपछि गजुरेलले अर्को विवाह गर्नुभएको हो ।

नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह बन्धनमा गाँसिएको गजुरेल आफैले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

आफ्नो फेसबुक एकाउन्टमा आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी भन्दै गजुरेलले लमो स्टाटस लेख्नुभएको छ, ‘….जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेख्न सञ्चारकर्मीहरुलाई अनुरोध गर्दै गजुरेलले भन्नुभएको छ, ‘मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !’

https://www.facebook.com/majurel/posts/5073256242688671?__xts__[0]=68.ARCeaKwQdpPR9J2Jnlt0mD5Tyn2yWCt1P50q1QLeQfeu1FXnmIOzJ-kci0rjXPY_yoIgOwSa8AAjEF7n_cC2aKpHWQyzOA030d2w7eBJl5ranrzFZ0PkN4xFU-pz-PoYUSRyjfl-u_RUOLGMjIxNp6MeQ_FdXZXDClCyHPRuJDz0AmiaO7Lmf3NNI_puG1Pf2j5deQjXKga-pYuXEhOT7OI4otbt39qQf9zsfr0129ztO-lmOmF0bDUMuQ0RjW7lCehss6yqC9LzvLlHOGpLl8NyQW-hXKsOPkh8AgHJ39fDxA_IFcky5g