
काठमाडौं, असोज २५ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्न खोज्ने भारतीय लुटेराहरुलाई रोक्दा बैंकका सुरक्षा गार्डमाथि गोली प्रहार भएको छ ।
भारतीय लुटेरा समूहले सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न खोज्ने समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए ।
त्यसक्रममा सुरक्षा गार्ड शीतल कुँवरलाई लुटेरा समूहले चलाएको गोली लागेपछि उपचारका लागि अस्पताल पठाइएको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रहरीले जनाएको छ ।
उनीहरु भारतीय नागरिक भएको प्रहरीको् प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैक लुट्ने प्रयास भने असफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्