२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ


0
Shares

पोखरा, असोज २५ । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको सपथ लिनुभएको छ ।

उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि नै मन्त्री बन्ने चर्चाकाबीच डोबाटेको नाम अन्तिम समयमा काटिएको थियो ।

नवनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक अधिकार अनुसार तोकिएको काम गर्ने बताउनुभयो । उहाँको नियुक्तीमा गठबन्धनले भने विरोध जनाएका छन् ।