२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


९ लाख नागरिकले छाडे काठमाडौं उपत्यका


0
Shares

काठमाडौं, असोज २६ । दशैं मनाउनका लागि करिब ९ लाख नागरिकले काठमाडौं उपत्यका छोडेका छन् ।
गत असोन ११ गतेदेखि आजसम्म करिब ९ लाख नागरिकले काठमाडौं उपत्यका छोडेका छन् ।

यातायात व्यवस्था विभागले लामो दूरीको सवारीसाधनको लागि अग्रिम टिकट बुकिङ आश्विन ११ गतेबाट खोलेदेखि मंगलवार (फुलपाती) बिहान ४ बजेसम्म ६ लाख ८८ हजार २४३ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ ।

आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो । बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ ।

केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो । केही दिनदेखि दशैँ मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ । नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन् ।