१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


थप ७९२ संक्रमित, १४ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २६ । पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र दुई हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

गत २४ घण्टामा ९१० संक्रमित संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको मन्त्रालयले जनाएको छ ।