२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मोतीपुरमा आज राति १२ बाजेबाट कर्फ्यू हट्दै


0
Shares

काठमाडौं, असोज २६ । रुपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू आज (मंगलबार) राति १२ बजेदेखि हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै आइतबारदेखि मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू राति १२ बजेदेखि हटाउने जनाएको हो ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा विवादमा भएको झडपपछि स्थिति नियन्त्रणमा लिन प्रशासन कार्यालयले सो क्षेत्रमा कर्फ्यू आदेश गरेको थियो ।

कर्फ्यू हटे पनि भदौ २८ गतेदेखि कायम गरिएको निशेधाज्ञा भने यथावत् रहेने प्रशासनले जनाएको छ ।