
बुटवल, असोज २६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताउनु भएको छ ।
प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएपनि यो विषयको अन्त्य नभएको उहाँको भनाई छ ।
जनतालाई सत्य कुरा जानकारी दिनका लागि पनि प्रधानन्यायाधीश र गठबन्धन दलका नेताहरुलले पनि स्पष्टिकरण दिनुपर्ने सिंहले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्