२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सीमा समस्यालाई कुटनीतिक वार्ता गर्नुपर्छ : महत


0
Shares

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल गरेको उहाँको भनाई छ ।

भ्रमणका क्रममा व्यापार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको महतले बताउनुभयो । उहाँले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा सरकारले छानबिन गरेर निस्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको उहाँको भनाई छ ।

सह महामन्त्री महतले नेपाली कांग्रेससँग भारतीय जनता पार्टीले उच्च महत्व र प्राथमिकता दिएको बताउनुभयो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको समेत बताउनुभयो ।