१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए ३६५ संक्रमित, ४ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २७ । पछिल्लो २४ घण्टामा देशभर थप ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।

५ हजार ५९४ जनामा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हाल नेपालमा ११ हजार २६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२२, ललितपुरमा २९ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।