१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीका व्यापारी चिन्तित


0
Shares

काठमाडौं, असोज २७ । दशैंको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायी चिन्तित भएका छन् ।

दशैंमा समेत धनगढी बजारमा अपेक्षित बन्द व्यापार नभएको व्यवसायीको गुनासो छ ।

सीमावर्ती भारतीय बजारमा उपभोक्ताको आकर्षण बढेसँगै यताको बजार सेलाएको हो

भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदनकृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेपनि कोरोना महामारीपछि व्यवसाय फस्टाउन सकेको छैन । उहाँले खुल्ला सीमानाका कारण व्यवसाय नै चौपट भएको गुनासो गर्नुभयो ।

नेपाली बजारमा चाडवाडलाई लक्षित गरेर व्यापारीले आफूखुशी भाउ बढाउन थालेपछि भारतको वन गाउँमा किनमेल गर्न उपभोक्ता सीमापारी जाने गरेका छन् ।