
काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको नवौँ दिन नवकन्याहरुको पूजा गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीले नवकन्याहरुको पूजा गर्नुभएको हो ।
बडादशैंको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दुई, तीन, चार, पाँच, छ, सात, आठ र नौ वर्षकी कन्याको पूजा गरिन्छ ।
वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरूलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्