२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उग्रतारा मन्दिरमा नवमीमा अष्ठमी मेला


0
Shares

डडेल्धुरा, असोज २८ । डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने अष्ठमी मेलामा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुँईचो लागेको छ ।

नेपाली पात्रो अनुसार महाअष्टमी बुधबार परे पनि उग्रतारामा भने दिनगन्ती अथवा स्थानीय भाषामा डाँडाकान्त अनुसार आज अष्टमी मनाईएको हो ।

हरेक वर्ष बडा दशैंको अष्ठमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईका जिल्लाबाट पनि दर्शनार्थी आउने गर्दछन् ।

डडेल्धुराको उग्रतारा लगायत नवदुर्गा, डागेश्वरी मन्दिर लगायतका मन्दिरमा आज अष्ठमी मनाईएको छ ।