१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ट्यांकर पार्किङले बढ्यो दुर्घटनाको जोखिम


0
Shares

काठमाडौं, असोज २८ । निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा अव्यवस्थित ट्यांकर पार्किङले जोखिम बढाएको छ ।

६ लेन सडकको चटकपुर क्षेत्रमा सडक कब्जा गरेर लस्करै पार्किङमा राखिएका ट्यांकरले दुर्घटनाको जोखिम बढाएका हो ।

सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि हाल ८७ ट्यांकर छन् । तर पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टा सम्म ती ट्यांकर सडक छेउमा पार्किङमा राखिँदै आइएको छ । जसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले बताउनुभयो ।

यो सडकमा साउन यता मात्रै १४ दुर्घटना भएक छन् । जसमा १ जनाको मृत्यु र १२ जना घाइते भएको प्रहरीले बताएको छ । निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।