
काठमाडौं । पहिलो पटक साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको नेपालले उपाधि भिडन्त शनिबार भारतसँग गर्दैछ ।
माल्दिभ्समा जारी च्याम्पियनशिपमा ७ अंकसहित दोस्रो स्थानमा रहेर नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।
भारत ८ अंकसहित शीर्ष स्थानमा रहेर नेपाललाई प्रतिद्धन्द्धी पाएको हो । नेपालले लिग चरणमा माल्दिभ्स र श्रीलंकालाई हराउँदा बंगलादेशसँग बराबरी गरेको थियो । तर भारतसँग भने १–० को हार बेहोरेको थियो । फाइनलमा नेपालले फेरि भारतलाई प्रतिद्धन्द्धी पाएको हो ।
यसपटक भने नेपाललाई उपाधि नै दिलाएर इतिहास रच्दै पद त्याग्ने नेपाली टिमका प्रशिक्षक मोहम्मद अलमुताइरीको अठोट रहेको छ । उनले नेपाल फाइनलमा पुग्नासाथ पोष्ट म्याच कन्फ्रेन्समा पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
उनले पहिलो पटक नेपाललाई फाइनलमा पु¥याउन सफल भएको भन्दै अब उपाधि पनि दिलाएर नेपालबाट बिदा हुने इच्छा रहेको बताएका छन् । नेपालले उपाधि जित्न सक्ने दाबी पनि उनको रहेको छ । अलमुताइरीले लिग चरणमा गरेका गल्ती सच्याएर भारतलाई पराजित गर्न सकिने विश्वास पनि ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्