
काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा देशभर २७२ जना कोरोना संक्रमित थपिएका छन् ।
४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ ।
त्यस्तै, शुक्रबार ७७७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ र भक्तपुरमा ११ जना संक्रमित थपिएका हुन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्