
पाँचथर, असोज २९ । पाँचथरको उत्तरी याङवरक थर्पुमा हरेक वर्ष दशैंको महानवमीमा मनाइने ऐतिहासिक निशान नाच यस वर्ष पनि नचाइएको छ ।
गत वर्ष कोरोना महामारीका कारण रोकिएको निशान नाच यस वर्ष मनाइएको हो ।
राज्य एकिकरणका क्रममा पुर्वमा राज्य गरेर वसेका लिम्वुवानका सेनासँग भएको लडाँइमा चौथो पटकसम्म जीतहार नभएपछि सम्झौता गरेको ताम्रपत्रसँगै उपहारका रुपमा उपलब्ध गराएका दुई वटा निशान नचाउने परम्परा रहँदै आएको छ ।
नेपाल राज्य एकिकरणका क्रममा पृथ्वीनारायण शाह पक्षीय सेनाले प्रयोग गरेका हतियार सहितका दुई वटा निशान नवरात्रको महानवमीमा युद्धकै शैलीमा प्रदर्शन गर्ने चलन छ ।
घटस्थापनाकै दिनबाट विधिवत पुजा शुरु गर्दै महानवमीमा प्रदर्शन गरिने खुँडा र खुकुरीसहितका युद्धकालीन हतियार १८३१ सालदेखि पाँचथरको याङवरकमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्