
फाइल तस्बिर
काठमाडौं, असोज २९ । सर्वसाधरणले तलेजु भवानीको प्रतिक जिवित देवी कुमारीको टीका र प्रसाद ग्रहण गरेका छन् ।
बसन्तपुरस्थित कुमारी घरमा नौ ग्रह माथि मयुर सहितको स्वर्ण आसनमा सवार कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि कुमारीले सर्वसाधारणलाई टीका दिएकी हुन् ।
कोरोना महामारीका कारण यस वर्ष कुमारीको हातबाटै टीका भने लगाउन दिइएन्। कुमारीको दर्शन सर्वसाधारणले टाढैबाट गर्ने व्यवस्था मिलाईएको थियो ।
साथै जिवित देव गणेश र भैरवको दर्शनका लागि पनि त्यस्तै व्यवस्था गरिएको थियो। तलेजु मन्दिरमा कुमारीको तान्त्रिक विधि अनुसार घटस्थापनादेखि कोजाग्रत पूिर्णमासम्म पूजा गर्ने चलन छ ।
कुमारीको पूजा गर्नाले सम्मृद्धि प्राप्त हुने र जीवनयापनका लागि शक्ति प्राप्त हुने धार्मिक मान्यता छ ।
प्रतिक्रिया दिनुहोस्