
काठमाडौं, असोज २९ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैंं मनाएको छ ।
मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका हुन ।
नेपाली फुटबल टिमले दशैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ ।
उपाधिको लागि नेपालले भोलि भारतसँग खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्