२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा पनि मनाइयो विश्व खाद्य दिवस


0
Shares

म्याग्दी, असोज ३० । ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ ।

सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

म्याग्दी सहितका सबै जिल्ला कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै खाद्य दिवस मनाईँदै छ ।

नेपालमा विश्व खाद्य दिवस मनाउन थालेको ४० वर्ष वितेपनि खाद्यान्नको उत्पादन भने ओरालो लाग्दै गएको छ ।