
web pic
बैतडी, असोज ३० । सुदूरपश्चिम प्रदेशमा दशैं अवधिमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
घटस्थापनाको दिनदेखि विजयादशमीको दिनसम्म प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा २३ जना घाइते भएका छन् । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा १५ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा पर्ने सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।
प्रतिक्रिया दिनुहोस्