१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थप १४७ संक्रमित, ८४५ संक्रमणमुक्त


0
Shares

काठमाडौं, असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन् ।

१ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १२ हजार ५९८ सक्रिय संक्रमित रहेका छन् ।