
काठमाडौं, असोज ३० । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन गरेको छ ।
आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटका लागि क्यानले आज अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ ।
क्यानले रुबिना क्षेत्रीको कप्तानीमा खेलाडी छनोट गरेको हो । क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण कार्तिक ३ गतेबाट सुरु हुने जनाएको छ ।
बन्द प्रशिक्षण काठमाडौंमा हुनेछ । युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्