३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदै


0
Shares

काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ ।

विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई खेलहरु हुँदैछन्

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

बंगलादेश र स्कटल्याण्डबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ । दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।