१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए ३९१ कोरोना संक्रमित, ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज ३१ । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर ६ हजार ९६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ र १ हजार ११ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ११ हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६८० कोरोना संक्रमित कोरोनामुक्त भएका छन् ।

देशभर हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित रहेका छन् ।