२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई दियो पूर्णता


0
Shares

काठमाडौं, असोज ३१ । नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको हो ।

एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ ।

साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् ।

न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ । ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ ।