२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा


0
Shares

बागलुङ, असोज ३१ । दक्षिण बागलुङ क्षेत्र जोड्ने बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा आएको छ ।

बागलुङ -१० दब्लाङमा गत असार १ गते गएको पहिरोले अवरुद्ध सडक आइतबारबाट सञ्चालनमा आएको हो ।

दशैंमा गाउँ जनाका लागि पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको सडक हाल पुरै हटाएर सञ्चालनमा ल्याईएको हो ।

बागलुङ नगरपालिकाको जनश्रमदान सहित २० लाख ९३ हजार रुपैयाँमा सडक संचालनमा ल्याइएको बागलुङ नगरपालिकाले जनाएको छ ।