
मिरा बस्नेत
काठमाडौं, असोज ३१ । दशैंमा बन्द सरकारी कार्यालय आजबाट खुलेका छन् । संघीय प्रशासनिक मुख्यालय सिंहदरवारमा चहलपहल सुरु भए पनि कर्मचारीको संख्या भने न्युन छ । अरु त अरु सरकारी कार्यालयका कर्मचारीलाई विधिको पाठ पढाउने प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्र समेत सुनसान देखियो ।
राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीको ड्रेसकोडदेखि हाजिरीको समेत छड्के जाँच गर्छ । अरुलाई सुशासनको सिकाउने निकाय निकाय आफू चाहीं अनुशासनको मर्यादा कतिको पालना गर्छ ? यही प्रश्नको उत्तर खोज्न हामी त्यसतर्फ लाग्यौं । मध्य दिउँसो त्यहाँ पुग्दा कार्यालय सुनसान छ । सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदी, सूचना अधिकारी हरिप्रसाद शर्मा लगायत केही कर्मचारीमात्रै कार्यालयमा देखिनुभयो । केन्द्रले ५२ जना कर्मचारीको हाजिर भएको जानकारी दिएपनि कार्यालयमा भने त्यो संख्या देखिएन । कार्यालयमा उपस्थित नभएका सबै कर्मचारी दशैं बिदामा बसेको केन्द्रको दाबी छ ।
सरकारी कर्मचारीले आचारसंहिता पालन नगरेको अवस्थामा दण्डित गर्ने निकायका कर्मचारी दशैंको बिदा सकेपछि अनुपस्थित हुँदा कसले कारवाही गर्छ ? यो प्रश्न सघन रुपमा उठेको छ । अरु कर्मचारीको सेवा, हाजिरी, पोशाकको छड्के जाँच्ने निकायकै कर्मचारी अनौपचारिक पोशाकमा देखिन्थे । कुनै शाखामा एकाध कर्मचारी देखिन्थे भने कुनै शाखा रित्तै थिए । यद्यपि दशैंलाई कारण देखाएर केन्द्रले आफ्नो बचाउ गरेको छ ।
सरकारी कार्यालयलाई थितिमा ल्याउने जिम्मेवारी बोकेको निकायको छड्के चाहिँ कसले गर्ने होला ?
प्रतिक्रिया दिनुहोस्