२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ईमेज च्यानल र उमंग क्रिएसन्स् बीच समझदारी


0
Shares

काठमाडौं, असोज ३१ । ईमेज च्यानलले यस बर्षको मिस युनिभर्स नेपाल २०२१ प्रतिस्पर्धाको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

यसका लागि आइतबार (आज) ईमेज च्यानल प्रा. लि. र उमंग क्रिएसन्स् प्रा. लि. बीच प्रशारणका लागि समझदारी भएको हो ।

समझदारीपत्रमा ईमेज ग्रुप अफ कम्पनीजका तर्फबाट निर्देशक राज मानन्धर र उमंग क्रिएसन्स्का संस्थापक उद्धब अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।

ईमेज ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र बिष्टले ईमेज च्यानलले एचडी प्रशारणसँगै कार्यक्रमहरुमा पनि विविधिकरण गदै आएको जानकारी दिनुभयो ।