
काठमाडौं, असोज ३१ । चालु आर्थिक बर्षको तीन महिना वितिसक्दा पनि पूँजीगत खर्च परिचालन निराशाजक रहेको छ ।
सरकारले यस अवधिसम्म २ खर्ब ३४ अर्ब ४८ करोड खर्च गर्दा चालु खर्च लक्ष्यको १८ प्रतिशत अर्थात् १ खर्ब ८६ अर्ब र पूँजीगत खर्च जम्मा १४ अर्ब ८८ करोड खर्चिएको पाइएको हो ।
सरकाले यो बर्ष ३ खर्ब ७८ अर्ब पूँजीगत खर्च विनियोजन गरेकोमा तीन महिनामा पूँजीगत बजेट मुश्किलले साढे ३ प्रतिशत खर्चिन सकेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतका दरले विकास बजेट खर्च गर्न अधिकारीहरुलाई निर्देशन दिंदै आउनुभएको छ ।
यसैगरी, हालसम्म वित्तिय व्यवस्थापन तर्फ ३३ अर्ब ११ करोड खर्च भएको महालेखाको तथ्यांक छ । सरकारको यस अवधि आम्दानी भने २ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले असोज ३० गतेसम्म लक्ष्यको २२ प्रतिशत माथि अर्थात् २ खर्ब ६९ अर्ब ३२ करोड आम्दानी गरेको छ ।
यसमध्ये कर आम्दानी लक्ष्यको २१ दशमलब ४ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब १९ करोड तथा गैरकर आम्दानी २४ अर्ब ४२ करोड रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, सरकारले हालसम्म २२ अर्ब ७० करोड अन्य आम्दानी गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्