२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोकमा लगातार दुई पटक भूकम्पको धक्का


0
Shares

काठमाडौं, कात्तिक १ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटा परकम्प गएको छ ।

सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा समान ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि आइतबार बिहान गोरखाको मान्बु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।